+
+

‘नेपाल स्टार’मा ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १६:०३

‘नेपाल स्टार’को दोश्रो ठुलो स्पोन्सर व्राण्ड वृज सिमेन्टले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीहरुलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरी १० हजारका दरले नगद र ट्रफी प्रदान गर्ने भएको छ ।

एक औपचारिक कार्यक्रमक बीच वृज सिमेन्ट इण्डष्ट्रिजका प्रवन्ध निर्देशक मनोजकुमार केडियाले सो कुरा वताएका हुन् । नेपाल स्टार नेपालको आफनै गायन प्रतियोगिता हो जुन प्रतियोगिताको लागि नेपालभरबाट अडिसन लिइ गत वर्ष फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । नेपाल स्टार यो पहिलो सिजन हो ।

उक्त नगद पुरस्कार घोषणा कार्यक्रममा नेपाल स्टारका निर्णायक नेपालकै वरिष्ठ संगीतकार आलोक श्री, वरिष्ठ गायक रामकृष्ण ढकाल एवं वरिष्ठ गायिका अन्जु पन्तको उपस्थिति रहको थियो भने नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभर्टाइजिङ्ग सर्भिसका प्रवन्ध निर्देशक रविन्द्र कुमार रिजाल समेतको उपस्थिति रहेको थियो ।

पुरस्कार घोषण गर्दै कम्पनीका प्रवन्ध निर्देशक केडियाले वृज सिमेन्ट जहिले पनि देशका हरेक विधाका उर्जाहरुलाई सहयोग र प्रेरणा गर्न तत्पर रहेको र नेपाल स्टारमा वृज सिमेन्ट स्पोन्सर खण्डमा रहेको र नेपाली कला, संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमा हात मिलाएर अगाडि वढ्न तयार रहेको बताए ।

उनले भने, ‘संगीत हाम्रो संस्कृति हो, संगीत हाम्रो गहना हो र पहिचान हो यसलाई अझ अगाडि ल्याई सवैले यस किसिमको कार्यक्रममार्फत अगाडि वढाउन सकियो भने नेपाल आफंै पनि यस्तो वृहत सांगितिक कार्यक्रम गर्न सक्षम रहेको प्रमाणित हुन्छ । जसको उदाहरण नेपालको आफनै सांगितिक रियालिटी शो नेपाल स्टार हो । नेपालमा भएका प्रतिभाहरु स्वस् स्फूर्त रुपमा अगाडि आउनेछन् र समग्र नेपाली गीत संगीत क्षेत्रको विकास हुनेछ । नेपाल स्टारमा हामी यसै कारण सहभागि भएको र भविष्यमा समेत हामी निरन्तर रुपमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

निर्णायक आलोक श्रीले वृज सिमेन्ट एवं केडिया अर्गनाइजेशन रेडियो नेपालदेखि गीत संगीतको क्षेत्रमा संलग्न हुँदै आइरहेको र आज ३० वर्षपछि समेत नेपाली गीत संगीतको यो महान कार्यक्रम नेपाल स्टारमा वृज सिमेन्ट एक स्थापित प्रायोजकको रुपमा रहेको पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले ३० वर्ष अगाडि रेडियो नेपालवाट प्रशारण हुने ‘सुन्दर शुशील’ सांगितिक कार्यक्रमबाट आफनो यात्रा शुरु गरेको संगीतको वाटो आज नेपाल स्टारसम्म आइपुगेको बताए । ‘संगीत सबैमा समान हुन्छ, हजाराैं प्रतिस्पर्धीवाट छानिएर अव हामी उत्कृष्ट १० को विशेष कार्यक्रममा छौं’, श्रीले भने ।

भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने र उक्त मञ्चबाट कोही एकजनाले प्रत्येक हप्ता वृज सिमेन्टको तर्फवाट ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे घोषणा’ गरि रु. १० हजार नगद र ट्रफी प्रदान गरिने भएको छ ।

‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा नै यस कार्यक्रमको एक महत्वपुर्ण विधा भएको निर्णायक रामकृष्ण ढकालले वताए ।

अर्का निर्णायक अन्जु पन्तले एक्सपर्ट अफ द डे घोषणाको यूनिट खडा गरि जुन प्रकारले वृज सिमेन्टले १० प्रतिस्पर्धीहरुलाई एउटा एक्सपर्ट वन्ने र वनाउने मौका दिएकोमा खुशी व्यक्त गरीन् । उनले कलाकारको गला र सिमेन्टको पकड एकै जस्तो भएर अगाडि वढे अझ राम्रोे हुने र यस किसिमको अमूल्य साथको लागि वृज सिमेन्ट प्रति आभार प्रकट गरिन् ।

कि एडभर्टाइजिङ्ग सर्भिसका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजालले नेपालको आफनै सांगितिक कार्यक्रम नेपाल स्टारमार्फत नेपालको स्टार जन्माउँदै गरेको बताए । उनले यस्ता कार्यक्रमले नेपाली कला संस्कृति र संगीतको उजागर गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?