Comments Add Comment

राणाकाे नेतृत्वमा वुमन्स कमिटी गठन

२४ मंसिर, काठमाडौं । नेपाल ओलम्पिक कमिटीअन्तर्गत वुमन्स कमिसन बुधबार ज्योति राणाको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन भएको छ । कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिसन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना गरे ।

कमिसनको अन्य सदस्यमा विमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमा डोल्मा लामा श्रेष्ठ र गीता श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कमिसनले महिला खेलाडीको हित र स्वार्थका लागि आवाज उठाउने बताईन् । उनले महिला खेलाडीप्रति हुन सक्ने यौन दुर्व्यवहारबारे जनचेतना जगाउने काम पनि हुने बताइन् । यस्तै कमिसनले छाउ प्रथाबारे पनि चेतनामूलक कार्यक्रम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment