Comments Add Comment

बार्सिलोनाले गरेको ‘गोट’ ट्वीटमा युभेन्ट्सको बदला

२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा बार्सिलोना र युभेन्ट्सबीचको खेलले मैदानमा मात्र चर्चा पाएन सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पायो ।

पहिलो लेगको खेलमा टुरिनमा युभेन्टसलाई २-० ले पराजित गरेपछि बार्सिलोनाले लिओनल मेसीलाई ग्रेटेस्ट अफ अल टाइम (गोट) को संज्ञा दिँदै ट्वीट गरेको थियो ।

‘हामी खुशी छौँ कि तिमीहरुले आफ्नै पिचमा गोट देख्यौ’ बार्सिलोनाले युभेन्ट्सलाई मेन्सन  गरेर ट्वीट गरेको थियो ।

दोस्रो लेगमा बार्सिलोनालाई उसैको मैदानमा ३-० ले पराजित गर्दै युभेन्ट्सले त्यसको जवाफ फर्काएको छ । क्रिस्टियानो रोनाल्डोको दुई गोल गरेपछि युभेन्ट्सले दोस्रो लेगमा शानदार जित हात पार्‍यो ।

‘तिमीले गल्ती शब्दकोशमा हेरेजस्तो छ, हामी क्याम्प नोउमा सही गोट लिएर आउँदैछौँ’ युभेन्ट्सले त्यसको उत्तरमा भनेको थियो ।

मंगलबार क्याम्पनोउमा ३-० को जित हात पार्दै युभेन्ट्सले पहिलो लेगको हारको बदला लियो ।

‘हामीले आफ्नो बोली राख्यौँ । हामीले ल्यायौँ’ इटालियन क्लबले फुल टाइमपछि रोनाल्डोको गोट फोटो ट्वीट गर्दै यस्तो लेखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment