Comments Add Comment

धेरै तनाव र चिन्ताका कारण ‘मानसिक अवरोध’को जोखिम

मानसिक अवरोध मानसिक विकारको एउटा अवस्था हो, जहाँ तपाईं आफ्नो मस्तिष्कको क्षमता गुमाउनुहुन्छ । यसका पछाडि धेरै कारणहरू हुन सक्छन्, जसले तपाईंको दिमागको काममा रोकावट गराउँछ ।

मानसिक अवरोधको समयमा न त तपाईं केही सोच्न सक्नुहुन्छ, न तपाईं कसैसँग कुराकानी गर्न सक्षम हुनुहुन्छ । प्रायःजसो तपाईं के गरिरहनु भएको भन्ने समेत थाहा हुँदैन । यो समस्या धेरै तनाव वा गहिरो आघातका कारणले हुन सक्छ । विज्ञहरू यस्तो अवस्था मानसिक थकानपछि देखिन सक्ने बताउँछन् । जसले मानसिक थकान प्रकट गर्छ । यसले तपाईंको शारीरिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्छ जुन कहिलेकाहीँ तपाईंको नियन्त्रण बाहिर पनि हुन सक्छ ।

कसरी रोक्न सकिन्छ मानसिक अवरोध ?

महत्वाकांक्षा होइन सानो लक्ष्य राख्नुहोस्

मानसिक अराजकता वा मानसिक अवरोधले तपाईंको सोच्ने क्षमतालाई कम गर्दछ, जसको कारण तपाईं कुनै काम गर्न असक्षम हुन सक्नुहुन्छ । त्यसैले यस्तो अवस्था आउनै नदिनको लागि ठूलो महत्वाकांक्षी नभई सानासाना कामहरु गरिरहनुपर्छ । ताकि तपाईं ती कार्यहरू गर्न सफल हुनुहोस् ।

कुनै काममा हुने असफलताले तपाईंलाई गम्भीर अवस्थामा पु¥याउन सक्छ । बारम्बार प्रयत्न गर्दा पनि यो काम गर्न नसकिरहेको हुन सक्नुहुन्छ । तपाईंले कुनै पनि ठूलो काम एकैचोटि गर्नुहुँदैन । यसको लागि तपाईं एउटा कार्यसूची तयार पार्न सक्नुहुन्छ, साथमा तपाईंका कार्यहरू विभाजन गर्न सक्नुहुन्छ । साना लक्ष्यहरू तपाईं सजिलै पूरा गर्न सक्नुहुन्छ तर जब तपाईं मानसिक अवरोधको अवस्थामा हुनुहुन्छ त्यस्तो अवस्थामा सकेसम्म ठूला काममा फोकस नै नगरी छिटै सफलता प्राप्त गर्ने काममा लाग्नुपर्छ ।

आवश्यक भएमा विश्राम लिनु

तपाईं परिस्थितिको शिकार हुनु जरूरी छैन, केवल तपाईं मानसिक अवरोधको शिकार बन्न सक्नुहुन्छ । तर जब तपाईं धेरै तनाव र दबाबको अधीनमा हुनुहुन्छ, तपाईं अझै पनि मानसिक अवरोधको शिकार बन्ने सम्भावना हुन्छ । जब तपाईंको जीवनशैली धेरै मानसिक थकान र तनावसँगै बित्ने गर्छ, यसले कुनै न कुनै समय तपाईंको दिमाग पूर्णरुपले रोकिन सक्छ । जसको कारणले तपाईंको शारीरिक अवस्थालाई पनि यसले कमजोर बनाइरहेको हुन्छ ।

कतिपय व्यक्तिहरू फेरि दबाब र तनावका साथ काम गर्ने प्रयास गर्छन् । जबकि उनीहरूले दबाबका बीच धेरै गल्ती गर्न सक्छन् । जसको कारण तपाईं आफँैमा कमजोर हुने र आफैँसँग रिसाउने अवस्थाको सिर्जना हुन्छ । यसको लागि यो महत्वपूर्ण छ कि जब तपाईं मानसिक अवरोधबाट पीडित हुनुहुन्छ भन्ने महसुस गर्नुहुन्छ, तब तपाईंलाई केही समय विश्रामको आवश्यकता पर्न सक्छ । समयसमयमा यसरी विश्राम लिँदा हाम्रो शरीरमा शारीरिक ऊर्जा पनि प्राप्त हुन्छ, यसले दिमागलाई पनि स्वस्थ बनाउन मद्धत गर्छ ।

तनाव कम गर्ने प्रयास गर्नुहोस्

मानसिक अवरोधको मुख्य कारण नै तनाव हो भनेपछि मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको लागि तनावलाई कम गर्न सकेसम्मको प्रयास गर्नुहोस् । आफूभन्दा पछि रहेकाहरुलाई हेरेर चित्त बुझाउनुहोस् । बढ्दो तनावको कारण तपाईं बिस्तारै डिप्रेसनको शिकार पनि बन्न सक्नुहुनेछ । यी मानसिक विकारहरूबाट बच्नको लागि यो महत्वपूर्ण छ कि तपाईंले तनाव कम गर्न प्रयास गर्नु पर्छ । तनाव मात्र कम गर्दा पनि तपाईंले आफ्नो मानसिक स्वास्थ्यमा सुधार देख्न सक्नुहुन्छ । जब तपाईं तनाव र चिन्ताको अवस्थाबाट बाहिर हुनुहुन्छ, यसले तपाईंको सोच्ने क्षमता बढाउँछ । जति बढी तनावमुक्त हुनुहुन्छ, त्यति नै तपाईं ऊर्जावान महसुस गर्न सक्नुहुन्छ ।

विज्ञका अनुसार जब कोही मानसिक अवरोधका कारण चिन्तित हुन्छन्, तब उसको उपचारका लागि उनीहरु सबैभन्दा पहिले उसको तनावको कारण वा उसको दिमागमा रहेको कुरा जान्ने कोसिस गर्छन् । उसलाई छुटकारा दिनको लागि के गर्ने ? भन्ने विकल्पको खोजी गर्ने र कसरी उसको मानसिक विचालनको अवस्था कम गर्न सकिन्छ ? भन्नेबारेमा पनि मनोविद्हरुले पहिले खोजी गर्ने गर्छन् ।

अभ्यासमार्फत् तनावमा कमी

व्यायाम तपाईंको समग्र स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसको सहयोगले तपाईंको मानसिक विकारलाई कम गर्न मद्दत गर्छ । यदि तपाईं दैनिक कामका कारण आफूलाई तनाव वा चिन्ताको स्थितिमा देख्नुहुन्छ भने तपाईंलाई दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्नु आवश्यक हुन्छ । यसले तपाईंको मानसिक र शारीरिक स्वास्थ्यमा ऊर्जा बढाउन काम गर्छ । यसबाट तपाईं लामो समयसम्म सक्रिय रहन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment