Comments Add Comment

एलर्जीको समस्या भएका मानिसलाई फाइजरको कोरोना खोप नलिन बेलायतको सुझाव

२५ मंसिर, काठमाडौं । बेलायतको औषधि नियामकले यसअघि नै एलर्जीको समस्या रहेका मानिसहरुलाई फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नलिन सुझाव दिएको छ । बेलायतमा खोप अभियान सुरु भएसँगै खोप लिएका दुई मानिसहरुमा एलर्जीको समस्या देखिएसँगै यस्तो सुझाव दिइएको हो । दुईमध्ये एकजनामा एनाफिलासिस र एकजनामा एलर्जिको प्रतिक्रिया देखिएको थियो । एनाफिलासिसको कारण मानिसमा घाँटी सुन्निने, श्वासप्रश्वासमा समस्या हुने र निल्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । मानिसको रोग प्रतिरक्षा प्रणालीले आवश्यकताभन्दा धेरै प्रतिक्रिया दिएको अवस्थामा यो समस्या देखिने विशेषज्ञहरुको भनाइ छ । यो कहिलेकाहीँ प्राणघातक पनि बन्न सक्छ ।

बेलायती नियामकहरुले यसअघि खोप, औषधि वा खाना खाँदा एलर्जीको समस्या देखिने गरेका मानिसहरुले फाइजरको कोरोना खोप लिन नहुने बताएका छन् । फाइजरले आफ्नो अन्तिम चरणको मानव परीक्षणमा खोपको नकरात्मक असर देखिएका मानिसहरुलाई समावेश गरेको थिएन । त्यसैले फाइजरको परीक्षणमा खोपमा खासै समस्या देखिएको थिएन ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment