 
																			२५ मंसीर, सप्तरी । ७२औं विश्व मानवअधिकार दिवसको अवसर पारेर सप्तरीमा बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
‘सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति होस् ! समान अवसर र लैंगिक समानता सुनिश्चित होस्’ भन्दै महिला अधिकारकर्मी सुनिता साहले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीलाई फलफूलसहित दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।
अस्पतालको गाइनो वार्डमा भर्ना भएका १२ जना र सर्जिकल वार्डका ३ जना बिरामीलाई फलफूल, एक थान मास्कसहित दोसल्ला ओढाएर सम्मान गरिएको उनले बताइन् ।
सबैलाई सम्मान गर्न सिके मात्र मानवअधिकारको प्रत्याभूति हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने अधिकारकर्मी साहले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4