Comments Add Comment

‘खलनायक २’मा पल र पुष्पको चर्चा कसरी चल्यो ?

निर्माता रोज राणा चलचित्र ‘खलनायक २’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रको छायांकन भदौबाट नै हुनुपर्ने हो । तर, रोजले अहिलेसम्म पनि कलाकारको टुंगो लगाउन सकेका छैनन् । चलचित्रमा खलनायकको भूमिकामा रोज आफै देखिदैछन् ।

यसका लागि उनले तयारी पनि गरिरहेका छन् । तर, चलचित्रका लागि २ नायक र नायिका पक्का भएका छैनन् । चलचित्र बजारमा भने नायक पुष्प खड्का र पल शाहको नाम अगाडि आइरहेको छ ।

तर, यी दुबै कलाकारसँग रोजले कुरा पनि अगाडि बढाएका छैनन् । रोज भन्छन्–‘मेरो दिमागमा केही नायकहरुको नाम छ । जसमा पल र पुष्पको जोडीलाई एकसाथ लिदा हुन्छ कि भन्ने पनि लागेको हो । तर, मैले दुबैसँग कुरा गरेको छैन ।’

नायक पुष्प खड्काले पनि चलचित्रका लागि आफूलाई अफर नआएको बताए । पुष्पले भने–‘बजारमा चर्चा सुनेको छु । तर, मलाई चलचित्रको टिमबाट कुरा आएको छैन ।’ नायक पल शाहसँग पनि निर्माण टिमले कुरा अगाडि बढाएको छैन । रोज भने चलचित्रको छायांकन माघबाट सुरु गर्ने योजनामा छन् ।

हालै मात्र नायक पल शाह बाहिरिएको चलचित्र ‘रेड वाइन’मा नायक पुष्प खड्का अनुवन्धित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment