Comments Add Comment

१० वर्षमा पहिलोपटक नेटो सदस्यसँग अभ्यास गर्दै रुसको जलसेना

Photo Credit : AP/CHA

२६ मंसिर, काठमाडौं । रुसको जलसेनाले १० वर्षमा पहिलोपटक नेटो मुलुकका सेनासँग संयुक्त अभ्यास गर्ने भएको छ । बिहीबार रुसको साउथर्न मिलिट्रि डिस्ट्रिकले दिएको जानकारीअनुसार आगामी फेब्रुअरीमा पाकिस्तानको समुद्रमा उक्त सैन्य अभ्यास हुनेछ । यो सैन्य अभ्यासमा विश्वका ३० मुलुकका सेनाहरु सहभागी हुनेछन् । यो अभ्यासमा सहभागी हुनेमा रुस, पाकिस्तान, चीन र जापानलगायतका मुलुक छन् । अभ्यासमा नेटोका सदस्य राष्ट्रहरु बेलायत, अमेरिका र टर्की पनि सहभागी हुनेछन् । पछिल्लोपटक सन् २०११ मा रुसले नेटोका सदस्य राष्ट्रसँग सैन्य अभ्यास गरेको थियो ।

रुसले नेटो सदस्य मुलुकहरुसँग सैन्य अभ्यास नगरेपनि नेटोको सदस्य टर्कीसँग भने उसको निकट सम्बन्ध रहँदै आएको छ । अहिले रुस र अन्य पश्चिमा मुलुकहरुको सम्बन्ध भने शीतयुद्धयताकै सबैभन्दा कमजोर बनेको छ । क्रिमियाको विषयलाई लिएर पश्चिमा मुलुकहरुले रुसमाथि प्रतिबन्ध लगाएसँगै रुसको पश्चिमा मुलुकसँगको सम्बन्ध चिसिएको हो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment