Comments Add Comment

व्यापार सम्झौताविना नै ब्रेक्जिट हुने सम्भावना प्रबल : बोरिस जोन्सन

२६ मंसिर, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत युरोपेली युनियन (ईयू)सँग विना कुनै व्यापारिक सम्झौता आधिकारिकरुपमा अलग हुने सम्भावना प्रबल रहेको बताएका छन् । जोन्सनले ईयूसँगको वार्ता जारी रहने तर अब व्यवसायी र जनताहरु भने नतिजाका लागि तयार हुनुपर्ने बताएका हुन् । बेलायत डिसेम्बर ३१ बाट आधिकारिकरुपमा ईयूबाट छुट्टिनेछ । त्यसपछि उसले ईयूको व्यापारिक नियमको पालना गर्नेछैन । अब कुनै पनि सम्झौतामा पुग्न निकै कम समय बाँकी छ । बुधबार ब्रसेल्समा ईयूकी प्रमुख उर्सुला भोन डेर लेयनसँगको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि जोन्सनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बेलायत र ईयूका अधिकारीहरुबीचको लामो समयसम्मको बैठकले पनि प्रतिस्पर्धाको नियम तथा माछा मार्ने अधिकारजस्ता प्रमुख मुद्दाको कुनै समाधान निस्किएको छैन । बुधबार पहिलोपटक जोन्सनले बेलायती प्रतिनिधिहरु वार्तालाई निरन्तर अघि बढाउनका लागि तयार रहेको बताएका हुन् । उनले ईयूले अझै पनि बेलायत आफ्नो नियममा बाँधिएर रहेको हेर्न चाहेको आरोप लगाए ।

जोन्सनले अहिले बेलायतले ईयूसँग क्यानडासँगको व्यापार सम्झौता नभई अस्ट्रेलियासँगको जस्तो व्यापार सम्झौता हुने सम्भावना रहेको बताए । अहिले बेलायत ईयूबाट बाहिरिने क्रममा छ । ११ महिनाको संक्रमणकालीन अवधि डिसेम्बर ३१ मा सकिँदैछ । संक्रमणकालीन अवधि ईयूसँग अलग भएपछि कस्तो सम्बन्ध कायम गन भन्ने सम्झौताको लागि तय गरिएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment