+
+
Shares

धनुषामा हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते १९:५९

२६ मंसिर, जनकपुरधाम । नेपाल–भारत सीमा नजिकै धनुषाको नगराइन नगरपालिकामा हात खुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी ३० वर्षीया महिलाको शव नगराइन नगरपालिका-२ जटहीस्थित सीमा नजिकैको दुर्गापट्टी धार नजिकै फेला परेको प्रहरीले जनाएको छ । हात र खुट्टा दुवै बाँधिएको अवस्थामा महिलाको शव फेला परेको सीमा प्रहरी चौकी जटहीले जनाएको छ ।

करिब १५ दिन अगाडि नै महिलाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको शरीरको अधिकांश भाग गलिसकेको र कतिपय भाग जनावरले खाइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?