Comments Add Comment

१३२ पालिकासँग भूमि आयोगको सम्झौता

२७ मंसिर, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले गण्डकी प्रदेशका ३६ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, आयोगका अध्यक्ष देवी ज्ञवालीको उपस्थितिमा शनिबार पोखरामा आयोजित कार्यक्रममा सम्झौता भएको हो ।

योसँगै देशभारी कार्यसम्झौता भएका पालिकाको संख्या १३२ पुगेको छ । आयोगका प्रवक्ता भीमबहादुर कार्कीका अनुसार २२ मंसिर यता प्रदेश १ मा २८, प्रदेश २ मा २२ र बागमती प्रदेशका ३२ वटा पालिकासँग सम्झौता गरिएको छ ।

आयोगले २७ कात्तिकमा सात प्रदेशका दुई-दुई वटा पालिकासँग कार्यसम्झौता गरेको थियो । २८ मंसिरमा लुम्बिनी, ३० मंसिरमा कर्णाली र २ पुसमा सुदुरपश्चिम प्रदेशमा कार्यक्रम गरेर थप पालिकाहरूसँग सम्झौता गरिने प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशमा २४, कर्णालीमा १८ र धनगढीमा १४ वटा पालिकासँग सम्झौता हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment