+
+

प्रचण्ड भेट्न खुमलटार पुगे शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २७ गते १५:१४

२७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटवार्ता गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेल दिउँसो १२ बजेतिर खुमलटार पुगेका थिए दुई नेताबीच करिव आधा घण्टा कुराकानी भएको छ ।

स्रोतका अनसार प्रचण्डसँग भोलि विहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि भेटवार्ता गर्ने तय भएको छ । पोखरेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।

सहमति खोज्न भन्दै एक साताका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक भोलि बस्दैछ । तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपालबीच सहमति भइसकेकेा छैन ।

यो अवधिमा ओली र प्रचण्ड बीच एक पटक मात्रै एक्लाएक्लै भेटवार्ता भएको छ । बुधवार ओली र प्रचण्डबीच डेढ घण्टा कुराकानी भएको थियो । त्यसपछि भेटवार्ता हुन सकेको छैन ।

दुवै पक्षको गुटगत गतिविधि पनि रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?