+
+
Shares

देउवा नआउने भएपछि संवैधानिक परिषदको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १२:२०
फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए । तर विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाए ।

विपक्षी दलका नेता नै अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार अर्को बैठक थप परामर्शपछि मात्र तय हुनेछ ।

अख्तियार दुरुपयोग, अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगलगायतका संवैधानिक निकायमा लामो समयदेखि पदपूर्ति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?