+
+
Shares

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को फाइनलमा को–को पुगे ?

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १२:४२

हिमालय टेलिभिजन एचडीबाट प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को फाइनलमा ३ जोडी प्रवेश गरेका छन् । यो शोको अन्तिम ३ मा पुग्न उमेश राई र उनको कोरियोग्राफर साथी उमेश भने असफल रहे ।

शोबाट बाहिरिदै गर्दा ‘फुलन्देकी आमा’ उपनामले परिचित उमेशले भने–‘म कमेडी गर्ने मानिस यो शोमा आएर पहिलो पटक नाँचेको हुँ । यो शोमा आउनु नै मेरा लागि जित्नु जस्तै थियो । नेपालमा पनि यति राम्रो रियालिटी शो आएकोमा खुशी लागेको छ । दुःखको कुरा के रह्यो भने मैले टाइटल जित्न सकिनँ । तर, पनि दर्शकहरुका लागि म निराश बनाउँदिनँ ।’

अब, यो शोको फाइनलमा बुद्ध लामा र केविका, प्रनिका आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्की पुगेका छन् । फाइनलमा दर्शकको भोट नै शतप्रतिशत मान्य हुने बताइएको छ । निर्णायकहरुको फाइनलका लागि आफ्नो निर्णय दिन नसक्ने बताइएको छ ।

यो शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायकको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?