Comments Add Comment

बच्चाको लागि नियमित शारीरिक अभ्यासको आवश्यकता

व्यायाम हरेक व्यक्तिलाई फिट राख्नको लागि एक उत्तम विकल्प हो, जसको मद्दतले हामी धेरै रोगहरूबाट बच्न सक्छौं । व्यायाम सबै उमेर समूह र सबै वर्गका मान्छेको लागि अनिवार्य हुन्छ ।

बच्चाहरुले निरन्तर अभ्यासमा आसस्यता देखाउँदा उनीहरुमा मोटोपना जस्ता समस्याहरु सिर्जना हुने गर्छन् । सधैं फिट रहनको लागि बच्चाहरूलाई पनि व्यायाम, शारीरिक गतिविधि वा खेल जस्ता चीज अतिरिक्त अभ्यासहरुमा संलग्न गराउनै पर्छ । ताकि आफ्ना बच्चाहरूले पनि आफ्नो शारीरिक स्वच्छता र तन्दुरुस्तीको बारेमा सानो उमेरदेखि नै महत्व बुझून् ।

नियमित गरिने अभ्यासले तपाईंलाई लामो समयसम्मको लागि स्वस्थ रहन र धेरै रोगहरूको खतराबाट मुक्त गराउन मद्धत गर्छ । यसबाहेक तपाईंलाई यो जान्न महत्वपूर्ण छ कि बच्चाहरू जो व्यायामबाट सधैं टाढा हुन्छन्, उनीहरु अरूभन्दा मोटोपनाको बढी जोखिममा छन् ।

जब बच्चाहरू व्यायाम लगायत शारीरिक गतिविधिबाट टाढा रहन्छन्, त्यसको पहिलो प्रभाव उनीहरूको तौलमा देखिन्छ । बच्चाहरूमा बिस्तारै मोटोपन देखिँदै जान्छ । जब उनीहरू व्यायाम वा शारीरिक गतिविधि गर्न छाड्दै जान्छन् उनीहरूकाे थाेरै समयमा तौल बढ्ने समस्या सिर्जना हुन्छ ।  व्यायामको अभावले मोटोपना वा वजनमा असरमात्र गर्दैन, यसले तपाईंको समग्र स्वास्थ्यलाई पनि प्रभाव पारिरहेको हुन्छ ।

व्यायामको अभावले कस्तो समस्या निम्त्याउन सक्छ ?

मोटोपना

नेपालमा धेरै जना मोटोपनाका कारण हुने स्वास्थ्य समस्याका कारण चिन्तित हुने गरेका छन् । मोटोपना भएका मान्छेलाई वजन घटाउने चिन्ताले नै सताइरहेको हुन्छ । यसको मुख्य कारण नै व्यायाम र कुनै पनि किसिमको शारीरिक गतिविधिबाट टाढा रहनु हो । त्यस्तै, प्रकारले जब तपाईंको सन्तान व्यायाम वा आउटडोर खेलकुदबाट टाढा हुन्छ, यसले तपाईंको बच्चाको बिस्तारै बिस्तारै वजन बढाउँदै लैजान्छ ।

त्यस्तै, प्रायः बच्चाहरू टिभी र कम्प्युटरको अगाडि घण्टौंसम्म बसेर खाना खाएका हुन्छन्। जबकि यी बानीहरू बच्चाको विकासको लागि खराब खालको हुन्छ । बच्चाका लागि शारीरिक गतिविधि भनेको उनीहरू अरू बच्चाहरूसँग खेल्छन् वा वरिपरि घुम्छन् । जबकि आजका धेरै बच्चाहरू घरमा भिडियो गेमहरू खेलिरहेका हुन्छन् र ल्यापटपमा गेमहरु खेलिरहेका हुन्छन् ।

जब तपाईंको बच्चा बाहिर खेल्न थाल्छन् वा सक्रिय रहन्छन् उनीहरुमा मोटोपना वा अन्य यस्तै स्वास्थ्य अवस्थाको खतराबाट जहिलै पनि बढ्दै जान्छ ।

पछिल्लो समय बदलिएको वातावरण र टेक्नोलोजीमा आएको परिवर्तनका कारण आम मानिसको जीवनशैलीमा परिवर्तन हुने गरेको छ । कुनै समय थियो जब आमाहरू आफ्ना बच्चालाई बाहिर धेरै नखेल्न र घर फर्किन आग्रह गर्थे । आज अभिभावकहरूले आफ्ना बच्चालाई उठ्न र टेलिभिजन सेटहरू, प्ले स्टेसन वा आइप्याड धेरै नचलाउन र घरबाहिर पनि खेल्न जानको लागि आग्रह गर्ने गर्छन् ।

मुटु रोग

व्यायाम नगर्दा वा शारीरिक गतिविधिको अभावका कारण हाम्रो शरीरको तौलमा मात्रै नभएर यसले अन्य स्वास्थ्य समस्याहरूको जोखिम समेत बढाउँछ । प्रायः बच्चाहरू जसले घरमा खेल्न मन पराउँछन् र व्यायामबाट टाढा रहन्छन् । उनीहरूमा हृदय रोगको जोखिम पनि बढी हुन्छ । यसले बच्चाको मुटुलाई कम सक्रिय राख्न र शारीरिक विकासलाई रोक्न पनि मद्धत गर्छ । यही कारणले गर्दा आजकल हृदय रोगको समस्या पनि सामान्य भएको छ ।

टाइप २ मधुमेह

मधुमेह हृदय रोगको तुलनामा सामान्य समस्या हो, जसको मुख्य कारण हाम्रो जीवनशैली नै हो । यसले तपाईंको स्वास्थ्यलाई असर गर्छ । जब तपाईंको बच्चा शारीरिक गतिविधिहरुबाट टाढा रहन्छ वा आफैँलाई खेलकुदबाट टाढा राख्छ, तब एक समय ऊ टाइप २ मधुमेहको शिकार पनि हुन सक्छ । शारीरिक क्रियाकलापले रगतमा चिनी (ग्लुकोज), तौल र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यसले कोलेस्ट्रोल बढाउन र खराब कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ ।

क्यान्सरको जोखिम

क्यान्सर खतरनाक रोग हो, यदि तपाईंले आफ्नो जीवनशैलीमा लापरवाही गर्नुहुन्छ भने यसले तपाईंको ज्यानै समेत लिन सक्छ । किनकि धेरै जसो अवस्थामा क्यान्सरको लक्षण ढिला थाहा हुन्छ । जबसम्म बिरामीको अवस्था गम्भीर हुँदैन, त्यतिबेलासम्म यसको बारेमा खासै जानकारी हुँदैन । क्यान्सरको पनि छुट्टाछुट्टै प्रकार हुन्छन् । शारीरिक अभावका कारणले पनि यसको जोखिम बढ्न सक्छ । त्यसैले बच्चालाई दैनिक व्यायाम र शारीरिक गतिविधिहरूमा संलग्न गराउन तर्फ ध्यान दिनुभयो भने यसले विभिन्न किसिमको स्वास्थ्य समस्याको जोखिम कम गर्न मद्धत गर्छ ।

बच्चाहरूको लागि व्यायाम किन आवश्यक छ ?

हड्डी र मांसपेशी मजबुत गराउन

बच्चाहरूको लागि व्यायाम समग्र स्वास्थ्य सुधारका लागि आवश्यक छ । तर यसले हड्डी र मांसपेशीलाई बलियो बनाउन पनि सहयोगी भूमिका खेल्छ । व्यक्ति जो अक्सर सोच्छ कि केवल खानामा सुधार गरेरमात्रै हामीले बच्चाहरूको हड्डी र मांसपेशीलाई बलियो बनाउन सकिन्छ । तपाईंले यो पनि जान्नु आवश्यक छ कि स्वस्थ आहारका साथ व्यायाम र शारीरिक गतिविधि पनि बच्चाको शारीरिक विकासको लागि आवश्यक छ ।

अन्य रोगहरूको खतरा

विज्ञहरूका अनुसार व्यायाम र शारीरिक गतिविधिहरूले धेरै गम्भीर रोगहरू हटाउन काम गर्छ । जसको कारणले बच्चा लामो समयसम्म स्वस्थ रहन सक्छ । नियमित व्यायामले हृदय रोग, मधुमेह, मोटोपना, क्यान्सर र अन्य रोगहरूको जोखिम कम गर्छ ।

मानसिक स्वास्थ्यको लागि पनि

व्यायामले तपाईंको बच्चालाई शारीरिक स्वास्थ्य एवं मानसिक स्वास्थ्यको लागि समेत मद्धत गर्छ । तर यसले तपाईंको बच्चाको मानसिक स्वास्थ्यमा पनि सुधार गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment