Comments Add Comment

नेपाल एयरलाइन्सको हङकङ उडानमा यात्रुमाथि कडाइ

२९ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने भएको छ । नेपालबाट गएका यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि चौथो प्रतिबन्ध भोगेको एयरलाइन्सले हङकङ यात्राका लागि अधिकतम ४८ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ चाहिने बताएको छ ।

यसअघि ७२ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ आएकाहरुलाई यात्रा अनुमति दिइएको थियो ।

तर त्यसरी हङकङ पुगेका केही यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि चौथो पटक दुई साता लामो प्रतिबन्ध खेपिसकेको छ । यसले कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भएपछि कोरोना परिक्षण गर्ने प्रयोगशालाहरुमाथि नै प्रश्न उठाएको थियो ।

उसले हङकङ उडानका लागि सरकारी प्रयोगशालाको मात्र रिर्पोटलाई मान्यता दिने निर्णय गर्‍यो । तर यसरी गएकाहरुमा पनि कोरोना पुष्टि भएको छ।

छानबिनका क्रममा प्रयोगशालामा कुनै कमजोर नभेटाएपछि एयरलाइन्स यात्रुमाथि नै कडाइ गर्ने निष्कर्षमा पुगेको छ । पीसीआर टेष्टका लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्नुपर्ने लगायतका मापदण्ड पालना नगर्दा हङकङ पुगेपछि संक्रमण पुष्टि भएको हुनसक्ने एयरलाइन्सको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment