Comments Add Comment

भारतमा सेनाका कर्णेलद्वारा आफ्नै साथीकी श्रीमती बलात्कार !

२९ मंसिर, काठमाडौं । भारतको उत्तर प्रदेशको कानपुरमा भारतीय सेनाका एक कर्णेलमाथि आफ्नै साथीकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता भएको छ । पीडित महिलाका पतिले उनीविरुद्ध आइतबार क्यानटोनमेन्ट पुलिस स्टेसनमा कर्णेलविरुद्ध उजुरी दिएका हुन् ।

प्रहरी चौकीका सुपरिवेक्षक राजकुमार अग्रवालका अनुसार पीडित महिला रुसी मूलकी भारतीय हुन् । उनी पछिल्लो १० वर्षदेखि भारतमा बस्दै आएकी छन् । प्रहरीले दिएको जानकारीअनुसार प्रहरीले कर्णेलविरुद्ध मुद्दा दायर गरेर उनलाई पक्राउको तयारी गरिरहेको छ ।

अग्रवालका अनुसार सेनाका कर्णेलले आफू लेफ्टिनेन्ट कर्णेलबाट बढुवा भएको उपलक्ष्यमा पार्टीको आयोजना गरेका थिए । पार्टीमा श्रीमतीसहित आएका साथीलाई उनले पेय पदार्थमा नशालु औषधि मिसाई खुवाएका थिए । उनी बेहोस भएपछि उनकै श्रीमतीलाई उनले बलात्कार गरेका थिए । कर्णेललाई रोक्न खोज्दा उनले पीडितमाथि हातपातसमेत गरेका थिए ।

स्रोत : इन्डियन एक्सप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment