+
+
Shares

युवती बलात्कार आरोपमा दाजुभाइ पक्राउ

कैलालीमा एक जना युवतीमाथि बलात्कार गरेको आरोपमा सहोदर दाजुभाइ पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १७:२९

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • कैलालीमा २५ वर्षीया युवतीमाथि बलात्कारको आरोपमा दुई दाजुभाइ पक्राउ परेका छन् ।
  • आरोपित दाजुभाइले युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेको छ ।
  • गर्भ जाँच गरेको र सो क्रममा आफू गर्भवती रहेको पीडित युवतीले बताएकी छन् ।
  • प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

२८ वैशाख, धनगढी । कैलालीमा एक जना युवतीमाथि बलात्कार गरेको आरोपमा सहोदर दाजुभाइ पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कैलालीको एक गाउँपालिका घर भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५८ र ५३ वर्षीय दाजुभाइ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार आरोपित दाजुभाइले स्पष्ट बोल्न नसक्ने ती युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

डीएसपी चन्दका अनुसार पीडित महिलाले गर्भ जाँच गरेको र सो क्रममा आफू गभर्वती रहेको बताएकी छन् ।

ती युवतीले आफूमाथि दाजुभाइले पटक-पटक जबरजस्तीकरणी गरेको उजुरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?