Comments Add Comment

सामसुङले सुरु गर्‍यो स्मार्टफोन भाडामा दिने कार्यक्रम

दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले प्रयोगकर्ताहरुलाई स्मार्टफोन भाडामा उपलब्ध गराउने कार्यक्रम सुरु गरेको छ ।

युरोपेली मुलुक जर्मनीले सामसुङले स्मार्टफोन भाडामा दिने कार्यक्रमको घोषणा गरेको हो । त्यहाँको ग्रोभर कम्पनीसँगको सहकार्यमा सामसुङले उक्त कार्यक्रम सुरु गरेको बताइएको छ ।

सो कार्यक्रम अन्तर्गत प्रयोगकर्ताले १, ३, ६ तथा १२ महिनाका लागि सामसुङ डिभाइस भाडामा लिन पाउनेछन् ।

रिपोर्ट अनुसार रेन्टल सर्भिसको उक्त सुविधा प्राप्त गर्न चाहने प्रयोगकर्ताहरुले सामसुङको अफिसियल स्टोरबाट ग्यालेक्सी एस २० मोडेल छनोट गर्न सक्नेछन् ।

त्यसपछि ग्राहकलाई ग्रोभर कम्पनीमा पठाइन्छ र उल्लेखित फोन तोकिएको अवधिका लागि भाडामा लिने कुराको निर्णय लिन सक्दछन् । अनि ग्रोभरले नै ग्राहकलाई मोबाइल फोन भाडामा उपलब्ध गराउनेछ ।

उक्त स्किम अन्तर्गत १२८ गिगाबाइटको ग्यालेक्सी एस२० E फोन भाडामा लिनका लागि कूल भाडा अवधि हेरी मासिक ५९.९०/४९.९०/३९.९० र २९.९० युरो तिर्नुपर्नेछ । कूल भाडा अवधि जति धेरै भयो मासिक शुल्क पनि कम पर्नेछ ।

त्यस्तै ग्यालेक्सी एस २० को मासिक भाडादर अधिकतम ९९.९० तथा न्यूनतम ४९.९० युरो रहेको छ भने ग्यालेक्सी एस २० प्लसको भाडादर मासिक अधिकतम १०९.७४ र न्यूनतमक ५४.९० युरो रहेको छ ।

त्यस्तै ग्यालेक्सी एस २० अल्ट्रा स्मार्टफोन भने एक महिनाको लागि भाडामा लिन ११९.९० युरो रकम तिर्नुपर्नेछ । त्यस्तै ३, ६ र १२ महिनाका लागि भाडामा लिन क्रमशः ९९.९०, ७९.९० तथा ६९.९० युरो रकम तिर्नुपर्नेछ।

हालका लागि सामसुङले स्मार्टफोन भाडामा दिने सेवा जर्मनीमा मात्र लागू गरेको छ र विश्वका अन्य बजारमा उक्त सेवा कहिलेदेखि सुरु हुने भन्ने चाहिँ खुलाएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment