Comments Add Comment

तपाईंको यस्तो बानी, जसले कोरोना खोपको असर कम गर्न सक्छ

यतिबेला हामी कोरोना खोपको प्रतीक्षामा छौं । खासगरी रुसले तयार गरेको ‘स्पूतनिक–भि’ खोपलाई धेरैले विश्वसनीय मानेका छन् । यद्यपि उक्त खोपको पनि कतिपय साइड इफेक्ट हुने बताइन्छ ।

रुसका प्रधानमन्त्रीको चेतावनी

रुसमा अहिले सर्वसाधरणलाई स्पूतनिक भि खोप दिन सुरु गरिएको छ । त्यहाँका एक लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । यसैक्रममा रुसका उपप्रधामन्त्री ततियाना गोलिकोवाले देशका सबै जनतालाई एक चेतावनी दिएका छन् । यदि खोप लिइरहेको बखत यदि कुनैपनि व्यक्तिले आफ्ना केही बानी त्यागेन भने खोपले नकारात्मक असर गर्न सक्छ । आखिर खोप लिइरहेको बखत कस्तो बानी त्याग्नुपर्छ ?

खोप लिइसकेपछि मदिरा सेवन नगरौं

खासगरी रुसका उपप्रधामन्त्री ततियाना गोलिकोवाले खोप लगाइरहेका व्यक्तिहरुलाई भनेका छन् कि यदि खोपलाई प्रभावकारी बनाउने हो भने मदिरा छाड्नुहोस् । वैज्ञानिकहरुले भनेका छन्, यदि खोप लगाइरहेको बेला मदिरा सेवन गरियो भने खोपको प्रभाव कम हुनेछ ।

रुसको स्वास्थ्य मन्त्रालयका गमालिया इन्स्टिच्युट अफ इपिडिमियोलोजी र माइक्रोबायोलोजी प्रमुख एलेक्जेन्डर गिन्ट्बर्गका अनुसार खोप लगाइसकेपछि पनि मदिरा सेवन गरियो भने खोपको नकारात्मक असर पर्न सक्छ । त्यसैले खोप लगाइरहँदा राम्रो खानपान गर्नुपर्ने, मदिराजन्य पेय त्याग्नुपर्ने बताइएको छ ।

विशेषज्ञहरुका अनुसार कोरोना भाइरसलाई जित्नका लागि प्रतिरक्षा प्रणाली बलियो हुन जरुरी छ । जबकी मदिरा सेवनले प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment