+
+

मनहरी गाउँपालिकाकी उपाध्यक्षले दिइन् राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते २०:१५

२९ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पदबाट राजिनामा दिएकी छन् ।

गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी उपाध्यक्ष बिष्टले सोमबार राजीनामा दिएकी हुन् । उनले अध्यक्ष एकराज उप्रेतीलाई राजिनामा बुझाएकी हुन् ।

बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा अध्यक्ष र उपाध्यक्षबीच रहेको विवादले ठूलो रुप लिँदा उपाध्यक्षले राजीनामा नै दिएको गाउँपालिका स्रोतले बताएको छ ।

सोमबार उपाध्यक्ष विष्टले राजीनामा दिएपछि अध्यक्ष उप्रेतीले राजीनामाबारे छलफल गरेको स्रोतले बताएको छ । अध्यक्ष उप्रेतीले भने आधिकारिक रुपमा राजीनामा नआएको बताए । ‘आधिकारिक रुपमा आएको छैन, हल्ला चलेको मात्र हो’ उनले भने, ‘मैले अहिलेसम्म आधिकारिक रुपमा बोल्ने अवस्था छैन, हल्ला सुनेको छु ।’

राजिनामा पेश गरेपछि उपाध्यक्ष विष्ट सम्पर्कमा रहेकी छैनन् । उनले नियमित चलाउँदै आएको मोवाइल स्वीच अफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?