Comments Add Comment

भन्सार जाँचपास सहज बनाउन सरकारी निकायबीच समन्वय बढाइने

३० मंसिर, काठमाडौं । भन्सार समन्वय समितिको बैठकले भन्सार जाँच पास प्रक्रिया सहज र सरल बनाउन अन्तरसरकारी निकाय समन्वय बढाउने निर्णय गरेको छ । भन्सार जाँच पासमा प्रत्यक्ष सरोकार राख्ने झण्डै एक दर्जन विभागका महानिर्देशकहरुको वैठकले यस्तो निर्णय गरेको भन्सार विभागले जनाएको छ ।

भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउने, अन्तरनिकाय समन्वय र सूचना आदान प्रदान बढाउने र वैदेशिक व्यापार सहजीकरणमा सबै निकायले मिलेर अघि बढ्ने विषयलाई केन्ऽमा राखेर छलफल गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

वैदेशिक व्यापारमा प्रतिबन्ध लागेका वस्तुको आयात भएमा पूर्वसूचना आदान प्रदान गर्ने, लाइसेन्स दिने, पर्मिट दिने, अनुगमन गर्ने निकायबीच काम कारबाही सहज बनाउने जस्ता विषयमा पनि अन्तर सकारी नियकाबीच छलफल भएको उनले बताए ।

भन्सार सञ्चालन भएका बेलामा अन्य निकायको पनि कार्यालयहरु सञ्चालन गर्ने, मालवस्तुको वर्गीकरण र हार्मोनाइज्ड कोड नमिलेको अवस्थामा भन्सारसँग समन्वय गरी मिलाउने विषयमा पनि समझदारी भएको विभागले जनाएको छ ।

भन्सार विभागमा विकास भइरहेको सूचना प्रविधिमा आधारित एकद्वार प्रणालीमा सबै सरोकारवाला निकायमा एक वर्षभित्रमा लगाउनेबारे पनि बैठकमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment