+
+
Shares

भक्तपुरको कुखुरा फर्ममा आगो लाग्दा करिब १५ लाख क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते ११:०६

१ पुस, काठमाडौं । भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ ।

चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति भएको छ ।

महानगरीय प्रहरी प्रभाग सुडालको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?