+
+
Shares

पर्सामा ८ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट, एकजना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १६:०९

१ पुस, वीरगञ्ज । पर्सा प्रहरीले अन्दाजी ८ कठ्ठा १५ धुरमा लगाएको अवैध गाँजाखेती नष्ट गरेको छ । गाँजा गोडमेल गर्दै गरेको अवस्थामा एकजनालाई पक्राउ समेत गरेको छ । गाँजा खेती गोडमेल गर्दै गरेको अवस्थामा सखुवाप्रसौनी गाउँपालिका– १ औराहाका ६० वर्षिय कमल चौधरी पक्राउ परेका हुन् । चौधरीले ३ कठ्ठा जमिनमा गाँजा खेती गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले गाँजा नष्ट गर्नुको साथै गाँजा गोडमेल गर्दै गरेका चौधरीलाई पक्राउ गरेको थियो ।

चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

सखुवाप्रसौनी गाउँपालिकाको जमुनियामा ३ कट्ठा, औराहामा ५ कठ्टा ८ धुर र पर्सागढी नगरपालिकामा ७ धुर गरी जम्मा ८ कट्ठा १५ धुर जग्गामा लगाएको गाँजा खेती नष्ट गरिएको पर्सा जनाएको छ ।

त्यसक्रममा अन्दाजी २ हजार ५ सय बोट गाँजा फाँडेर नष्ट गरेको प्रहरीको अनुमान छ । स्थनीयले खेतलाई बारेर बाहिरबाट सहजै नदेखिने गरी गाँजा लगाउने गरेको पाइएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?