
१ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २९४, ललितपुरमा ७७, कास्कीमा ४५, रुपन्देही र अछाममा २५/२५, बाँकेमा २२, भक्तपुरमा २०, सुनसरीमा १९, मोरङमा १४, नुवाकोट र चितवनमा १६/१६, गोरखामा १४, मकवानपुरमा १३ र झापामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्सामा ९, काभ्रे र पाल्पामा ८/८, धादिङ र तनहुँमा ७/७, धनुषा, लमजुङ र प्युठानमा ६/६, स्याङ्जा, अर्घाखाँची, गुल्मी र दाङमा ५/५, ओखलढुंगा, बाग्लुङ र बर्दियामा ४/४, बारा, दोलखा र रसुवामा ३/३ जना संक्रमित भएका छन् ।
बारा, सर्लाही, सिन्धुपाल्चोक, पर्वत, कपिलवस्तु, नवलपरासी, रोल्पा र सुर्खेतमा २/२ र इलाम, उदयपुर, पाँचथर, भोजपुर, संखुवासभा, महोत्तरी, रामेछाप, नवलपरासी पूर्व, रुकुम पूर्व, कैलाली र डडेल्धुरामा १/१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4