Comments Add Comment

प्रदेश २ स्तरीय महिला टी–२० मा सिराहाको लगातार दोस्रो जित

बाराको पहिलो जित

१ पुस, सप्तरी । अनुराधा चौधरीले उत्कृष्ट व्याटिङ गर्दै अर्धशतक बनाएपछि सिराहा टिम राजविराजमा सञ्चालित प्रदेश २ स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।

बुधबार भएको आफ्नो दोस्रो खेलमा सिराहाले महोत्तरीलाई ९ विकेटले पराजित गरेको हो । महोत्तरीले दिएको १ सय ३० रनको लक्ष्य पूरा गर्ने क्रममा सिराहाकी अनुराधा चौधरीले ४८ बलमा ९ चौकाको मद्दतले ५२ रनको योगदान दिइन् ।

अनुराधाबाहेक सिराहाका आरती चौधरी ३२ तथा सरस्वती चौधरीले अविजित १४ रन बनाएपछि सिराहा टिम निर्धारित २० ओभरको खेलमा १८ ओभर १ बल खेल्दै एक विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो । महोत्तरीका लागि गोमा आलेले १ विकेट लिइन् ।

यसअघि स्थानीय राज रंगशालामा टस जितेर पहिले व्याटिङ्ग गरेको महोत्तरी टिम टस जितेर पहिले व्याटिङ्ग गर्दै निर्धारित ओभरमा ५ विकेटको नोक्सानीमा १ सय २९ रन बनायो । उसका लागि शोभा आलेले २३ बलमा ५ चौकाको मद्दतले ३८ तथा बिमला मगरले २५ रन जोडिन् ।

सिराहाकी सन्तोषी चौधरी र कविता गौतमले १/१ विकेट हात पारिन् ।

खेलमा उत्कृष्ट ब्याटिङ गर्ने सिराहाकी अनुराधा चौधरी म्यान अफ द म्याच घोषित भइन् ।

योसँगै सिराहाले प्रतियोगितामा दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा सिराहाले सप्तरीलाई १० विकेटले पराजित गरेको थियो ।

बाराको पहिलो जित

बुधबार नै भएको अर्काे खेलमा बाराले सर्लाहीलाई १० विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सर्लाही टिम निर्धारित २० ओभरको खेलमा १४ ओभर ४ बलमा सबै बिकेट गुमाइ ६९ रन बनायो । उसका लागि कुनै पनी खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ बाराका साना प्रविणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित ८ रन दिएर ४ विकेट लिन सफल भइन् । यसबाहेक चाँदनी अधिकारीले ४ ओभरमा १४ रन दिएर ४ विकेट प्राप्त गरिन् ।

७० रनको झिनो लक्ष्य पछ्याएको बाराले ६ ओभर ४ बलमा विना विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्‍यो । बाराका लागि साना प्रविणले ३० बलमा १ चौकासहित अविजित २० रन बनाइन् ।

खेलको म्यान अफ द म्याच बाराका साना प्रविण घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिए ।

यो बाराको पहिलो जित हो । यसअघि मंगलबार भएको पहिलो खेलमा बारा महोत्तरीसँग ८ विकेटले पराजित भएको थियो ।

प्रदेश क्रिकेट संघको समन्वयमा सप्तरी क्रिकेट संघले यो प्रतियोगिताको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment