
१ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडको संचालक समितिले बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको छ ।
नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बंैकले अगाडि सारेको मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने भन्दै बैंकले उपसमिति गठन गरेको हो ।
सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर/एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथ-साथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ ।
यद्यपि हाल आम सञ्चार माध्यमहरुमा प्रसारित/प्रकाशित समाचारहरुमा उल्लेख भए जस्तो मर्जरबारे हालसम्म कुनै पनि निर्णय नभएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4