+
+
Shares

हिमालयन बैंक र यूनियन पेको सहकार्यमा ‘आरएमबी कार्ड’ सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन बैंकले चीन भ्रमण गर्ने नेपालीका लागि युनियनपेसँगको सहकार्यमा चिनियाँ मुद्रामै भुक्तानी गर्न मिल्ने आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ ।
  • बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र युनियनपेका उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा सो कार्ड सेवाको शुभारम्भ गर्नुभयो ।
  • यो कार्डमार्फत चीन भ्रमण गर्ने नेपालीले त्यहाँ चिनियाँ मुद्रामै सहज भुक्तानी गर्न सक्नेछन् ।

१८ जेठ, काठमाडौं । हिमालयन बैंकले युनियनपेसँगको सहकार्यमा आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंक र चीनको प्रसिद्ध कार्ड ब्रान्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि सहज बनाउन यो सेवा थालेका हुन् । नेपालीको चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि उक्त कार्ड सेवा महत्त्वपूर्ण हुनेछ ।

नक्साल, काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा तथा युनियनपे इन्टरनेसनलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले नेपालमा पहिलो पटक उक्त कार्डसेवाको सुभारम्भ गरे ।

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पोस, क्यूआर कोड तथा इकमर्स प्लेटफर्म मार्फत हुने कारोबारको चिनियाँ मुद्रा (सीएनवाई)मा नै सहज भुक्तानी गर्न सक्ने छन् । बजारमा उपलब्ध अन्य उपकरणको तुलनामा यो मितव्ययी एवम् सर्व स्वीकार्य हुने बैंकले जनाएको छ ।

‘व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी एवम् पर्यटक जो कोहीले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमासम्मको रकम युनियनपे आरएमबी कार्डमा लोड गरी युनियनपेको सञ्जालसँग आवद्ध अलिपे प्लस, विच्याट, निहाओ चाइना जस्ता क्यूआर एवम् अन्य माध्यममार्फत चिनियाँ मुद्रामा नै भुक्तानी गर्न सक्नुहुने छ’ बैंकले विज्ञप्तिमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?