+
+
Shares

श्रीराम सुगर मिलले भोलिदेखि बक्यौता रकम किसानको खातामा पठाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २ गते १२:३६

२ पुस, काठमाडौं । उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको छ ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी गराएका हुन् ।

किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले भोलि (शुक्रबार)देखि नै किसानको खातामा पठाउन थाल्ने अग्रवालले बताए ।

श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताए ।

उखु किसानहरु बक्यौता रकम असुल गरिदिन माग गर्दै काठमाडौं आइपुगेका छन् । उनीहरुले हरेक दिन माइतीघर मण्डलामा धर्ना र प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

अघिल्लो वर्ष पनि यही समय काठमाडौं आइपुगेका किसानलाई सरकारले रकम असुल गरिदिने बाचा गरेको थियो । तर सबै रकम नपाएपछि किसानहरु फेरि काठमाडौं आइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?