Comments Add Comment

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्दै डब्ल्यूएचओ

२ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे अनुसन्धानको लागि अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको एक समूहले चीनको वुहान सहरको भ्रमण गर्ने बताएको छ । चीनले कोरोनाको उत्पत्तिको विषयमा हुने अनुसन्धानमा आपत्ति जनाउँदै आएको थियो र लामो समयसम्म डब्ल्यूएचओ र चीनबीच वार्ता भएको थियो । अन्ततः चीन यस विषयमा अनुसन्धानको लागि राजी भएको हो ।

कोरोना भाइरस चीनको वुहान सहरस्थित जनावरहरुको व्यापार हुने बजारबाट आएको हुन सक्ने अनुमान गरिएको छ । तर, कोरोना भाइरसको स्रोत पत्ता लगाउने विषयले राजनीतिक तनाव उत्पन्न भएको थियो । विशेषगरी यो विषयको कारण चीन–अमेरिका तनाव बढेको थियो ।

यो टोलीमा सहभागी वैज्ञानिकहरुले आफूहरु कुनै पनि पक्षले यो महामारीको विषयमा लगाएको आरोप पुष्टि गर्न नभई आगामी दिनमा पुनः देखिन सक्ने महामारी नियन्त्रणका लागि अनुसन्धान गर्न गइरहेको बताएका छन् । कुनै मुलुकलाई दोष लगाउनभन्दा पनि वास्तवमा वुहानमा के भएको थियो भन्ने पत्ता लगाई त्यसको आधारमा भविष्यमा उत्पन्न हुन सक्ने महामारी नियन्त्रण गर्नु यो अनुसन्धानको मुख्य उद्देश्य रहेको उनीहरुको भनाइ छ । यो अनुसन्धान चारदेखि पाँच सातासम्म चल्नेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment