+
+
Shares

श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी 

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २ गते १४:०४
फाइल तस्वीर

२ पुस, रौतहट । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका थिए । ४६ जना उँखु किसानहरुले सँयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराए पछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको सुरक्षा श्रोतले जानकारी दिएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागी आवश्यक समन्वय भइरहेको प्रहरी श्रोतको दाबी छ ।

पक्राउ पुर्जी जारी भएका तीनै जनाले किसानको बाँकी बक्यौता फर्छौैट नगरी मिल बन्द गरेर किसानलाई ठगेको आरोप किसान संघले लागाएको छ । मिलले आर्थिक वर्ष ०७१/७२ को १२ करोड, ०७५।७६ को २८ करोड ५० लाख र ०७६।७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले बताए ।

जाहेरवाला समेत रहेका यादवले मिलले आफूहरुको रकम मास्ने उदेश्यका साथ बिना कुनै पूर्व जानकरी साउन ११ गते उद्योग सदाका लागि बन्द भएको सूचना टाँस गरेर मिल सञ्चालकहरु सम्पर्क विहीन भएको आरोप लगाएका छन् ।

गृह मन्त्रालयले यस अघिनै बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिलका सञ्चालक विरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र जिल्लास्थित प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?