Comments Add Comment

सांसदहरुले भने : किसानको रकम नतिर्ने उद्योगीलाई तुरुन्त पक्राउ गर

समिति बैठकको फाइल तस्वीर ।

२ पुस, काठमाडौं । सांसदहरुले किसानकाे उखुको मूल्य भुक्तानी नदिने चिनी उद्योगीलाई तुरुन्तै पक्रन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाकाे उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बाेल्दै सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

उनीहरुले उद्योगीबाट किसानको रकमको साँवा ब्याजसमेत भुक्तानी गराउनुपर्ने धारणा राखेका छन् । सांसद प्रकाश रसाइलीले उद्योगीले चिनी बिक्री गरेर बैंकमा पैसा थुपार्ने र अन्तै लगानी गर्ने तर किसानलाई पैसा नदिएको बताए ।

‘पाँच वर्षसम्म किसानलाई पैसा नदिने ? चिनी उद्योगमा कार्यरत कर्मचारीलाई पनि पीडित बनाउने उद्योगीसंग ब्याज पनि असुल्नु पर्छ’ रसाइलीले भने ।

बैठकमा सांसद भीमसेनदास प्रधानले उद्योगीकाे जाय जेथा राज्यले लिएर किसानलाई बाँड्न आग्रह गरे। सांसद किसान श्रेष्ठले केही घण्टाभित्रै उद्योगी समाउन उद्योगमन्त्रीकाे ध्यानाकर्षण गराए ।

सांसद अमृतादेवी अग्रहरिले एक हप्ताभित्रै किसानकाे समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन् । किसानले माइतीघरमा आँशु चुहाउने याे अन्तिम पटक बनाेस् भन्दै सांसद बिन्दा पाण्डेले भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको आरोप लगाइन् ।

अरु मान्छे समाउन टेलिफोन ट्रयाप गर्ने प्रहरीले उद्योगीले माेबाइल नबोकेर ट्याप नगरेकाे हो भन्दै ब्यङ्ग्य गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment