
२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक राखेकामा आपत्ति जनाएका थिए ।
ओलीले बैठक बोलाएको जानकारी पाएपछि यसैबारे छलफल गर्न बालुवाटार पुगेका प्रचण्डले अध्यादेश फिर्ता लिने सहमति भइसकेका बेला बैठक बोलाएकामा आपत्ति जनाउँदै स्थगित गर्न आग्रह गरेका उनी निकट स्रोतले बताएको छ ।
तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ ।
संवैधानिक परिषदको बैठक स्थगित भएको जानकारी आएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया 4