Comments Add Comment

मास्टर सेफ द प्रोफेसनल्सको उपाधिबाट चुके सन्तोष

३ पुस, काठमाडौं । नेपाली सेफ सन्तोष साह पाककलासम्बन्धी प्रतियोगिता ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को उपाधि पाउनबाट वञ्चित भएका छन् । बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेका हुन् ।

३२ जना प्रतियोगी सहभागी यो प्रतियोगिताको ग्राण्ड फिनालेमा पुग्नुलाई नै सन्तोषको उपलब्धि मानिएको छ । यो उपलब्धि हात पार्ने उनी पहिलो नेपाली पनि हुन् । ग्राण्ड फिनालेमा पुगेका सन्तोषले प्रतियोगिताभर नेपाली खाना बनाएर निर्णायकहरुको मन जितेका थिए । उनले कोदोको खिर, यमोरी, पुरीलगायत हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्ने खाना बनाएर निर्णायकहरुलाई पस्किएका थिए ।

त्यसका साथै सन्तोषले नेपाली भेषभूषालाई पनि विश्वसामु चिनाउने प्रयास गरेका थिए । उनले प्रतियोगितामा नेपालीलाई चिनाउने ढाका टोपी र भादगाउँले टोपी पनि लगाएका थिए । बिहीबारको ग्राण्ड फिनालेमा सन्तोष ढाका टोपीमा सजिएका थिए । उनीबारे तयार पारिएको सामग्रीमा उनले नेपालको राष्ट्रिय झण्डासमेत प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment