Comments Add Comment

दरबारमार्गको लाउन्ज बारबाट ८ जुवाडे पक्राउ

३ पुस, काठमाडौं । दरबारमार्गको ‘वान वे एके’ लाउन्जमा जुव खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले छापा हान्दा ठेक्कापट्टामा संलग्न केही व्यक्तिसहित दुई जना महिला पक्राउ परेका हुन् ।

वृत्तका डीएसपी रामेश्वर पौडेलका अनुसार पक्राउ पर्नेमा प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ छन् । उनीहरुको साथबाट ५ लाख १८ हजार रुपैयाँसहित चेक र तास बरामद भएको पौडेलले बताए ।

पौडेलका अनुसार सबै जनालाई जुवा ऐन अनुसार कारबाहीका लागि म्याद गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ । घटनामा थप केही व्यक्ति फरार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment