+
+
Shares

जोर-बिजोर हटेपछि सडकमा सवारीको ठेलमठेल (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७७ पुष ३ गते १३:१९

३ पुस, काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्यो । यसअघि पनि जोर-बिजोर प्रणालीमा ट्राफिक प्रहरीले कडाइ गरेको थिएन । यद्यपी कतिपय सवारी धनीले यो नियम पालना गरिरहेका थिए।

शुक्रबारबाट नियम हटेपछि काठमाडौं उपत्यकाभर नै सडकमा चहलपहल बाक्लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सकडमा शुक्रबार महामारी सुरु भएपछिकै उच्च चाप देखिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले जोर-बिजोर कायम गर्दा सवारीभित्र सार्वजनिक भीड बढेको निष्कर्ष निकालेको थियो ।

पछिल्लो दिनमा काठमाडौंमा कोरोना संक्रमितको संख्या घट्दै गएकाले सडकका सवारी चाप पनि विस्तारै बढ्दै जाने क्रममा थियो । अब भने सडकमा सवारी चाप सामान्य अवस्था उन्मुख भएको ट्राफिक प्रहरीको निष्कर्ष छ ।

शुक्रबारबाट सार्वजनिक सवारीहरुले पनि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चलाउनुपर्ने नियम बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?