Comments Add Comment

अमेरिकामा दोस्रो कोरोना खोपलाई अनुमति दिन सिफारिस

३ मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो खोप प्रयोगको लागि अनुमति दिन विज्ञहरुले सिफारिस गरेका छन् ।

बिहीबार फुड एण्ड ड्रग एडि्मनिस्ट्रेसन (एफडीए)का विज्ञहरुले मोडर्नाले विकास गरेको खोप अमेरिकामा प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका हुन् । बिहीबार बसेको विज्ञहरुको बैठकमा सर्वसम्मतिले मोडर्नाको खोपलाई अनुमति दिन सिफारिस गर्ने निर्णय भएको हो ।

अमेरिकाले फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना खोपको लागि यसअघि नै प्रयोगको अनुमति दिइसकेको छ । साथै अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान पनि चलिरहेको छ ।

एफडीएका अधिकारीहरुको बैठकपछि एफडीएका कमिस्नर स्टेफेन हानले मोडर्नालाई आपतकालीन प्रयोगको अनुमतिको विषयमा तीव्र गतिमा काम गर्न सुचित गराइसकेको बताएका छन् ।

अमेरिकाले मोडर्नासँग २० करोड डोज कोरोना खोप खरिद सम्झौता गरिसकेको छ । साथै यो खोपले अनुमति पाउँदासम्म कम्पनीले ६० लाख खोप उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

डिसेम्बर महिनामा नै अमेरिकामा दुई कोरोना खोप उपलब्ध हुनु निकै ठूलो उपलब्धि रहेको अधिकारीहरुले बताएका छन् । मोडर्नाको खोपलाई भण्डारणको लागि माइनस २० डिग्री तापक्रम आवश्यक हुन्छ । दुई डोज दिनुपर्ने यो खोप साताको अन्तरमा दिइन्छ ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment