Comments Add Comment

टेष्टमा भारतको अहिलेसम्मकै सबैभन्दा कम स्कोर, अष्ट्रेलियालाई ९० रनको लक्ष्य

४ पुस, काठमाडौं । टेष्ट क्रिकेटमा भारतले अहिलेसम्मकै कम स्कोर बनाउँदा घरेलु टोली अष्ट्रेलियाले पहिलो टेष्ट जित्न सामान्य लक्ष्य पाएको छ ।

बोर्डर गावस्कर ट्रफी अन्तर्गत अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टको दोस्रो इनिङ्समा भारत ३६ रनमै अलआउट भएको हो । अष्ट्रेलियाले जितको लागि ९० रनको लक्ष्य पाएको छ ।

जोस हाजलउड र प्याट कमिङ्सले घातक बलिङ गरेपछि धरासयी बनेको भरातीय इनिङ्स २१.२ ओभर मात्र टिक्यो । भारतले दोस्रो इनिङ्समा ९ विकेट गुमाएर जम्मा ३६ रन बनाएको हो । मोहम्मद शामी रिटार्ड हर्ट भए । हाजलउड र कमिङ्स मिलेर ९ विकेट लिए ।

भारतलाई कम स्कोरमा अलआउट गरेपछि घरेलु टोली अष्ट्रियाले पहलो टेष्ट जित्न ९० रन बनाउनु पर्नेछ ।

दोस्रो दिनको समाप्तीमा भारतले ६२ रनको अग्रता बनाएको थियो । तेस्रो दिन ९ विकेट गुमाएर ३६ रन थप्यो ।

९-१ बाट भारतले तेस्रो दिनको खेल अघि बढाएको थियो । मायांक अग्रवाल ५ र जसप्रित शुमराह शून्यले खेल थालेका थिए । बुमराह २ रन बनाए रआउट भएपछि भारतले निरन्तर विकेट गुमायो ।

कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अग्रवाल ९, चेतेश्वर पुजारा शुन्य , कप्तान विराट कोहली ४, उपकप्तान अजिन्का रहाने शुन्य, ऋद्धिमन साह ४, हनुमा विहारी ८, रविचन्द्र आश्विन शुन्यमा आउट भए । शामी १ रन बनाएर रिटार्ड हर्ट भए । उमेश यादव ४ रनमा अविजित रहे ।

भारतलाई अलआउट गर्न अष्ट्रेलियाका जोस हाजलउडले ५ र प्याट कमिङ्सले ४ विकेट लिए । हाजलउडले ५ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै जम्मा ८ रन मात्र खर्चेर ५ विकेट लिए । उनले टेष्टमा २०० विकेट पनि पूरा गरे ।

यस्तै कमिङ्सले १०.२ ओभर बलिङ गर्दा ४ ओभर मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्कले ६ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै ७ रन खर्चिए । नाथन लियोनले बलिङ नै गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment