Comments Add Comment

झापा, मोरङ र सुनसरीलाई सडक मानवमुक्त बनाइने

५ पुस, विराटनगर । झापा, मोरङ र सुनसरीलाई सडक मानव मुक्त बनाइने भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय र मानव सेवा आश्रमको अगुवाइमा सडक मानव मुक्त बनाइने भएको हो ।

सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत पुस ९, १० र ११ गते मोरङ, झापा र सुनसरीमा सडकमा आश्रित मानिसको उद्दार गरिनेछ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार र मानव सेवा आश्रमको सहकार्यमा उद्दार अभियान सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिका र पुस ९–११ गतेसम्म मानसिक रोगी, सडकमा आश्रित असहायहरुको उद्धार गरिने उनले बताए ।

उद्दार गरिएका बालबालिकालाई इटहरीमा रहेको भ्वाइस अफ चिल्ड्रेन आश्रममा राखिने छ । अशक्तलाई झापा भद्रपुरमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा राखिनेछ । अन्यलाई भने मानव सेवा आश्रम विराटनगरमा राखिने मन्त्री घिमिरेले बताए ।

पूर्वपश्चिम राजमार्ग केन्द्रित कार्यक्रम अन्तर्गत पहिलो चरणमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी मानवहरुको उद्धार गरिने बताउँदै मन्त्री घिमिरेले प्रदेशका अन्य जिल्लामा पनि चाडै अभियान सञ्चालन गरिने बताए । अभियानपछि तीन जिल्लाका स्थानीय तहले आफ्नो पालिकालाई सडक मानवमुक्त घोषणा गर्नेछन् ।

१४ वटै जिल्लाका स्थानीय तहले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सडक घोषणा गरेपछि प्रदेशलाई आगामी बैशाख मसान्त भित्रमा घोषणा गरिने मन्त्री घिमिरेले बताए

मानव सेवा आश्रमले पुस ७ देखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली) सञ्चालन गर्दैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment