
५ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटनको सिफारिस अप्रजातान्त्रिक भएको बताएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलको विवाद मिलाउन नसकेर मन्त्रीपरिषद्को निर्णयबाट प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने कार्यलाई राष्ट्रिय जनमोर्चाले अप्रजातान्त्रिक कदम एवं गम्भीर गल्ती मान्दछ । त्यसको हामीले तीव्र विरोध र भर्त्सना गर्दछौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4