
५ पुस, काठमाडौं । सर्लाहीमा रहेको अन्नपूर्ण र नवलपरासीको इन्दिरा सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी सुरु गरेको जनाएको छ ।
दुवै मिलकोतर्फबाट एक विज्ञप्तिजारी गर्दै मिलका सञ्चालक राकेस अग्रवालले आइतबारदेखि दैनिक एक करोडका दरले रकम भुक्तानी गर्ने मिलले जनाएको छ ।
‘दैनिक एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारिएको छ,’ मिलले विज्ञप्तिमा भनेको छ ।
गत वर्षको सम्झौता पछि किसानलाई १८ करोड भुक्तानी गरिएको जनाएको छ । दुवै मिलकोतर्फबाट किसानलाई २२ भन्दा धेरै रकम भुक्तानी गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4