
५ पुस, काठमाडौं । पूर्वसचिव प्रेमकुमार राईको फेक ट्वीटर ह्याण्डल बनाएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । अफवाह फैलाउने व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको हो ।
साइबर ब्युरोले ट्वीटरलाई गरेको सिफारिसका आधारमा फेक एकाउन्ट बन्दसमेत भइसकेको छ । ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताएअनुसार एकाउन्ट बन्द गराइसकिए पनि अफवाह फैलाउनेको खोजी जारी राखिएको छ ।
राईलाई हालै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । यो खबर सार्वजनिक भएलगत्तै फेक आईडी बनाएको पाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4