Comments Add Comment

आईपी टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्वोच्चमा रिट

६ पुस, काठमाडौं । एन्ड्रोइड आईपी टिभी बक्समार्फत एप्लिकेसनबाट हुने विज्ञापनरहित टिभी/भिडियो प्रसारण रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।  इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लो समयमा इन्टरनेटसँगै दिने गरेको आईपी टिभी सेवामा अवैध एप प्रयोग भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।

अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय प्रसारण नियमावलीविरुद्ध डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन तथा भिडियो सामग्री एप्लिकेसनमार्फत प्रसारण भएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर परमादेश लगायतका उपयुक्त आदेश माग गर्दै रिट परेको हो ।

गत कात्तिक ७ गतेबाट क्लिन फिड लागू भएको छ । तर आईपी टिभीले प्रयोग गरेका सेट-टप बक्स एन्ड्रोइड भएकाले त्यसमा एपहरू डाउनलोड गरेर चलाउने गरिएको छ।युट्युब, हटस्टार, हंगामा, आजतक, आस्था लगायतका एपहरू डाउनलोड गरेर क्लिन फिड नगरी भिडियो सामग्री प्रसारण भइरहेकाले त्यसलाई रोक्न व्यवसायीले माग गर्दै आएका छन् ।

अझ मोबाइलमा पनि एन्ड्रोइड र आईओएसमा विभिन्न एपहरू डाउनलोड गरेर अनलाइन र (ओभर दि टप)ओटीटीको माध्यमबाट डाउनलिंक अनुमति नलिएका र क्लिन फिड नगरिएका सामग्री प्रसारण भइरहेको रिटमा उल्लेख छ । त्यस्ता एपलाई प्रतिबन्ध गर्नुपर्ने माग गरिएको छ ।

आईपी टिभीका एन्ड्रोइड बक्समार्फत युट्युब लगायतका भिडियो प्लेटर्फमबाट विज्ञापनरहित सामग्री प्रसारण भइरहेकाले अन्तरिम आदेशमार्फत नै त्यसलाई रोक लगाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment