Comments Add Comment

शिव भन्छन–‘घर भित्र सुनकै श्रीपेच लगाएर बस्दैमा कोही राजा बन्दैन’(भिडियो)

गायक शिव परियारले नेपाली सांगीतिक क्षेत्रमा देखिएको विकृती र विसंगतीको बारेमा खुलेरै बोल्दै आएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले गीत सार्वजनिक गरेपछि यो गरेको छैन र त्यो गरेको छैन भन्दै लेख्न नपर्ने उल्लेख गरेका छन् ।

गीत सार्वजनिक भएपछि भ्यूज, ट्रेन्डिङको मोह सबैलाई हुने भन्दै शिवले गीतको वास्तविक सफलता थाहा पाउन बस्ती छिर्नुपर्ने बताए । उनले भने–‘नेपाली संगीतमा आज भन्दा १० बर्ष अगाडि जस्तो किसिमले कलाको साधना गरेर भविष्य खोज्ने परम्परा थियो, त्यो अहिले हराएको छ । अहिले अधैर्यपना देखिएको छ । यो हुनु राम्रो होइन । यसरी बनाइएका गीतहरु तासको घर जस्तै हो ।’

उनले अगाडि भने–‘कसैले मैले बुष्ट गरेको छैन भन्दै लेख्या हुन्छ, कसैले अर्गानिक भ्यूज हो भनेर लेख्या हुन्छ । वास्तवमा केही लेख्नुपर्दैन । गीत रिलिज गरेर बस्तीमा जादा गीतको हैसियत थाहा हुन्छ । तपाई आफ्नो घर भित्र सुनकै श्रीपेच लगाएर हातमा दण्ड लिएर श्री ५ राजा हुँदा खेरीको पहिरन लगाएर बस्दा पनि तपाई राजा हुनु सक्दैन । तर, तपाई सामान्य लूगा लगाएर बाहिर निस्कनुहोस् । यस्तो हैसियत बनाउनुहोस् कि मान्छेले राजा भनोस् ।’

शिवले कला भनेको साधना नै रहेको भन्दै साधना लेखन, संगीत, स्वर, प्राविधिक कुरामा हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment