Comments Add Comment

लिभ इन रिलेसनको जोखिम

अक्सर फरक परिवारका पुरुष र महिला विवाह गरेपछि एक हुन्छन् । उनीहरु एकसाथ बस्छन् । आफ्नो बेग्लै परिवारको रचना गर्छन् ।

यद्यपि यो विकल्परिहत भने छैन । विवाह नगरी पनि पुरुष र महिला एकसाथ बस्न सक्छन् । कतिपय व्यवहारिक कारणले जोडिन्छन्, कति भावनात्मक । आखिर जे भएपनि फरक परिवारका पुरुष र महिला आपसमा एकसाथ बस्ने चलन अनौठो होइन । खासगरी पश्चिमा समाजमा यस्तो प्रवृत्ति व्यापक छ । यसबाट अछुतो छैन हाम्रो समाज पनि ।

यद्यपि यसरी विवाह नगरी एकसाथ बस्ने प्रवृत्ति कति उचित होलान् ? यो प्रश्न किनपनि उठ्छ भने एकसाथ बसेका युवा युवतीबीच प्रेम सम्बन्ध नहुन सक्छ । र, उनीहरु विवाह गर्ने मोडसम्म नपुग्न सक्छन् । केवल व्यवहारिक जीवन सहज बनाउन र शारीरिक आवश्यक्ता परिपूर्ति गर्न मात्र पनि उनीहरु यसरी जोडिएका हुनसक्छन् । धेरैजस्तो अवस्थामा यसले समस्या ल्याउने गरेको देखिन्छ ।

उनीहरु एकसाथ बस्छन् । एकै चुल्होमा खान्छन् । यसरी बसेपछि भावनात्मक सम्बन्ध जोडिने नै भयो । समय बित्दै गएपछि भने उनीहरुबीच मतभेद हुनसक्छ । वा व्यवहारिक कारणले उनीहरुलाई अलग गराउन सक्छ । यस्तो स्थितिमा उनीहरुको सम्बन्ध उस्तै रहँदैन, जस्तो त्यसअघि थियो । एकअर्काप्रतिको अपेक्षा, सम्बन्ध, लाभ–हानीले उनीहरुको जीवनमै उथलपुथल ल्याउँछ । नतिजा, कतिपय अवस्थामा उनीहरु मानसिक रुपले विचलित हुन्छन् भने, कतिपय अवस्थामा आत्महत्या गर्ने स्थितिमा समेत पुग्छन् ।
लिभ इन रिलेसनमा रहेपछि उनीहरु मिल्नु र छुटिनुमा कुनै बन्धन हुँदैन । आफुलाई मुड चलेपछि उनीहरु मिल्न वा छुटिन सक्छन् । यसर्थ क्षणिक सनक वा मुडले पनि उनीहरुको सम्बन्धलाई प्रभाव पार्छ ।

यो सम्बन्धमा छट्ट्निे सुविधा छ । यो पारम्परिक विवाह जस्तो जटिल वन्धन होइन । यसमा छुट्निका लागि कसैको सहमतिको आवश्यकता पर्दैन ।

लिभ इन रिलेशनमा यदि तपाईंको पार्टनरसँग सम्बन्ध राम्रो छ भने ठिक छ, नभए तपाईंले यो सम्बन्धलाई आफुले चाहेको समयमा पुर्ण विराम लगाउन सक्नु हुन्छ । इच्छा नभई यो सम्बन्धमा सम्झौता गरेर बस्नुको अर्थ घटनालाई निम्ता दिनु बराबार हो । पश्चिममा यसलाई ‘वाक इन वाक आउट’ रिलेशनशीप पनि भनिन्छ ।

दुईमध्ये जसलाई यो सम्बन्धको अन्त्य गर्न मन लाग्छ, उसले गर्न सक्छ र अर्कोको बिरुद्ध नैतिक जिम्मेदारी अथवा खराव चरित्र जस्ता कुनै पनि आरोप लगाउन मिल्दैन । पश्चिमबाट भित्रिएको यो संस्कृतिलाई अपनाउदा के कुरामा ध्यान दिनु पर्छ भने एक–अर्काको चाहानाले यो सम्बन्धमा रहेता पनि एक–अर्काबाट श्रीमान्–श्रीमती जस्तो व्यवहार चाहानु, बच्चा, विवाह र एक–अर्कामा अधिकार जमाउनु जस्ता कुराले यो सम्बन्धलाई बन्धनको रुपमा परिणत गराउँछ, जुन लिभ इन रिलेसनशीपमा रहेका सबैले चाहँदैनन् ।

एक–अर्कासंग धेरै समय बिताएपछि दुई मध्ये एक भावुक हुन थाल्छ, जुन यो सम्बन्धका लागि हानिकारक हुन्छ । त्यसैले केहि नराम्रो हुनु अगाडि नै यो सम्बन्धको अन्त्य गरिहाल्नु उपयुक्त हुन्छ ।

हरेक सम्बन्धमा विश्वास हुन आवश्यक छ । जहाँ दुई व्यक्ति एकै साथ हुन्छन्, त्यहाँ विश्वास हुनु अति नै आवश्यक छ । दुई मध्ये एक विश्वासको लायक छैन अथवा आफुलाई पार्टनरको कारणले समस्या छ भने त्यहि समयमा आफ्नो सम्बन्धबाट छुट्निु पर्छ ।

लिभ इन रिलेसनशीपमा रहेकाले पार्टनरलाई दिएको समस्यालाई सहेर बस्ने, उसको अनावश्यक कुरालाई झेल्नु पर्ने कुनै बाध्यता हुँदैन । आफ्नो पार्टनरले दिएको समस्याको समाधानको लागि उसले प्रहरीको सहयोग पनि लिन सक्छ । तर निराश भएर आत्महत्या गर्ने, आक्रोशित भएर हत्या गर्ने जस्ता कुरा हुन दिनु हुँदैन ।

लिभ इन रिलेसनशीपको प्रभाव पुरुषको तुलनामा महिलामा बढि पर्ने गर्छ । किन भने यस प्रकारको सम्बन्ध प्रेमभन्दा पनि आकर्षणमा निर्भर हुन्छ । शरीरको आकर्षण हराउन थालेपछि सम्बन्धमा फाटो आउन थाल्छ । दुबैबीच झगडा हुन थाल्छ । यस प्रकारको सम्बन्ध छुट्दा महिलालाई धेरै असर पर्छ । परम्परागत सोचाई राख्ने हाम्रो समाजले त्यस्ता महिलालाई सम्मान दिँदैन, जो विवाह अगाडि नै कुनै परपुरुषसंग एउटै घर अथवा कोठामा बसिसकेकी छिन् ।

त्यस्तो अवस्थामा महिलाहरुलाई आफ्नो भविष्य अन्धकारमय लाग्न थाल्छ । आज पनि हाम्रो पुरुषप्रधान समाजमा पुरुषको गल्ती देखिदैन । तर महिलालाई समाजले घृणाको दृष्टिले हेर्न थाल्छ, जसका कारण महिलाहरु आत्महत्या जस्तो खतरनाक कदम उठाउन बाध्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment