Comments Add Comment

कालिकोटमा फरक–फरक घटनामा दुई जनाको मृत्यु

६ पुस, सुर्खेत । कालिकोटमा एकैदिन फरक–फरक घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार सोमबार भिरबाट लडेर एकजनाको र माटोको ढिस्कोमा पुरिएर अर्का एकजनाको मृत्यु भएको हो ।

रास्कोट नगरपालिका–८, भाङ्घारी जंगलमा घाँस काट्न गएकी स्थानीय ४५ वर्षीया होइजी धमलाको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो जंगलमा घाँस काट्न गएकी उनी रातिसम्म घर नफर्किएपछि खोजी गरिदिन परिवारजनले प्रहरीलाई आग्रह गरेका थिए । खोज्ने क्रममा सोमबार बिहान जंगल नजिकैको भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको कालीकोट प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार जिल्लाको रास्कोट नगरपालिका–९, फुगाडमा घर लिप्ने माटो खन्न गएकी १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । पचालझरना गाउँपालिका–९, की उनी आफन्तको घर रास्कोट गएकी थिइन । माटोको ढिस्कोभित्र पसेर माटो खन्ने क्रममा एक्कासी माथिबाट खसेको ढिस्कोले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment