+
+

पीएम कप महिला क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १९:२५

६ पुस, काठमाडौं । यही पुस ११ गतेदेखि आयोजना हुने प्रधानमन्त्री कप (पीएम) कप राष्ट्रिय महिला क्रिकेटका लागि गण्डकी प्रदेशले आफ्नो टोली घोषणा गरेको छ ।

सोमबार गण्डकी प्रदेश क्रिकेट संघले शिला रेग्मी क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै ४ वैकल्पिक खेलाडीको नाम समेत घोषणा भएको छ ।

टिमको अन्य खेलाडीमा सिमाना केसी उपकप्तान रहेकी छिन् भने एलिशा लामिछाने, सृष्टि पौडेल, सृजना पौडेल ज्योत्स्निका मरासिनी, सोनिया थापा (विकेटकिपर), पूर्णता शाही, प्रमिला बानिया, गंगा लुंगेली, कुसुम गोदार, अन्जली विक, अमृता वाग्ले र विन्दु थापा मगर छन् ।

यस्तै वैकल्पिक खेलाडीमा सारिका गुरुङ , प्रतिमा बानिया,प्रतीक्षा सुवेदी र निश्मा गुरुङ रहेका छन् । टोलीको प्रशिक्षकमा गोविन्द प्रधान छन् भने अर्जुनकुमार थापा म्यानेजर रहेका छन् ।

दाङको लमही मैदान पुस ११ देखि १९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेरी थापाको कप्तानीमा लुम्बिनी प्रदेशले पनि टोली घोषणा गरिसकेको छ ।

सोमबारै नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटनमा खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ खेल्नेछन् । फाइनल खेल पुस १९ गते हुनेछ ।

खेलाडीको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?