+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

संसद विघटनविरुद्ध प्रतिरोध आन्दोलन गर्न नौ विद्यार्थी संगठनको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १२:३१

७ पुस, काठमाडौं । नौ विद्यार्थी संगठनहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध जनाएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयोजनमा आज बसेको नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संविधानको रक्षाका लागि सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, विप्लव निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जिवी ढकाल, गोपाल किराँती सम्बद्ध अखिल (क्रान्तिकारी)का महासचिव सुन्दर रायमाझी र अखिल नेपाली विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई सहभागी थिए ।

बैठकले संसद विघटनविरुद्ध देशभर प्रतिरोध आन्दोलन गर्न सबै युवा विद्यार्थीहरुलाई आह्वानसमेत गरेको छ ।

हेर्नुहोस् नौ विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?