
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न सचिवालय सदस्य रामबहादुर थापा भैंसेपाटी पुगेका छन् । गृहमन्त्री समेत रहेका बादल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।
बादल पौने दुई बजे भैंसेपाटी पुगेका थिए । अहिले गौतम र बादल बीच कुराकानी भइरहेको छ । दुवै नेता कुनै पनि भेलामा सहभागी भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आ-आफ्नो पक्षको भेलामा आउन दुवै नेतालाई आग्रह गरेका थिए ।
तर, दुवै नेताले दुवै तर्फको भेला अस्वीकार गरेका छन् । ओली समूहको बैठक सकिएको छ भने प्रचण्ड माधव समूहको बैठक बबरमहलमा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4