+
+
Shares

संसद पुनर्स्थापित गर्छौं, नयाँ सरकार बनाउँछौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते २१:४०

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाइने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरमा बसेको प्रचण्ड-माधव समूहका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो । बैठकमा मंगलबार मात्र प्रचण्ड-माधव समूहका अध्यक्ष चुनिएका माधवकुमार नेपालले प्रचण्डलाई दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।

संसदीय दलका नेता चुनिएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं ।’

पार्टीका ७० प्रतिशत केन्द्रीय सदस्यको उपस्थितिमा बैठक बसेकाले आफूहरू नै वैधानिक भएको उनले बताए । ‘संसदीय दलमा पनि अहिले नै ११५ सहभागी हुनुहुन्छ र केही सांसदहरूले हस्ताक्षर गर्ने वचन दिनुभएको छ । त्यसैले संसदीय दलमा पनि हामी नै वैधानिक छौं’ उनले भने, ‘सबैभन्दा ठूलो दल हामी नै भएको यसले पुष्टि गर्छ ।’

सरकार बनाउनै नसकेको अवस्थामा बाहेक प्रतिनिधिसभा विघटन गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । ‘यसको पछाडि ठूलै षड्यन्त्र छ’ प्रचण्डले भनेका छन्, ‘अहिले विश्वले नेपालको यो घटनालाई चासोका साथ पनि हेरिरहेका छन् देशी विदेशी शक्तिको चलखेल खुल्दै जाला ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?